केहीअघिसम्म मस्तिष्कबारे के धारणा व्याप्त थियो भने यसको सम्बन्ध ज्ञानसँग मात्र हुन्छ ।नयाँ अनुसन्धानअनुसार मस्तिष्कबारे थप रहस्य उजागर गरेको छ । स्वास्थ्य राम्रो हुनु वा घाउचोट छिट्टै निको हुनुमा पनि यसको महत्त्वपूर्ण भूमिका हुन्छ । मस्तिष्कको सम्बन्ध शारीरिक संरचनासँग समेत हुन्छ ।यो तथ्य पत्ता लगाएका हुन् जोन हप्किन्स युनिभर्सिटी स्कुल अफ नर्सिङ र जोन हप्किन्स हस्पिटलका अनुसन्धाताहरूले ।

उनीहरूले बालबालिकाको विकासमा अत्यधिक तनावले हुने क्षति रोक्न, घाउ भर्ने गति बढी वा कम गर्न र पीडा नियन्त्रणमा मस्तिष्कको सहयोगात्मक भूमिकाको जाँचसमेत गरिरहेका छन् ।अनुसन्धानअनुसार तनावबाट चाँडै मुक्त नभए यो नोक्सानदायक हुन सक्छ । उमेर बढ्दै गएका बालबालिकामा यो नोक्सान जीवनभरि कायम रहन सक्छ । तनावका कारण मस्तिष्कमा कार्टिसोल हार्मोनको मात्रा बढ्छ । यो बढ्दो मात्राले बालबालिकामा विकसित हुँदै गरेको शरीर र मस्तिष्कलाई नोक्सान पुर्‍याउँछ ।

यसको उपचारले युवाहरूमा केही व्यवहारगत समस्याको रोकथाम सम्भव छ ।स्कुल अफ नर्सिङको विज्ञप्तिअनुसार गरिबी, बेरोजगारी, सामुदायिक हिंसा र पारिवारिक कलह तनाव उत्पन्न गर्ने केही यस्ता कारण हुन् जसले मुलुकका लाखौं बालबालिकालाई प्रभावित गर्छन् ।अनुसन्धानमा पाइयो कि तनाव उत्पन्न गर्ने यी कारकको असर उनीहरूको सही पालन पोषणमार्फत हटाउन सकिन्छ ।

आमाबुबा नहुने वा भए पनि सन्तानलाई समय नदिने अभिभावकका कारण बालबालिका बढी तनाव ग्रस्त हुन्छन् ।राम्रो पालनपोषण पाएका बालबालिका चुनौतीपूर्ण वातावरणमा समेत सन्तुलित रहन सक्छन् ।